प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८०-१२-३०

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-१०, बस्ने अन्दाजी ६५ वर्षीय बुद्धि प्रसाद धौनिया आफ्नै घर नजिकै रहेको वनखिर्राको बोटमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०७-२०

मिति २०८३।०७।२० गते अन्दाजी ०५:३० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-०६ लोथर खोला स्थित भित्री कच्ची सडक खण्डमा कालो झोला बोकी पैदल आईरहेका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-७  रिन्चिराङ बस्ने वर्ष २५ को रेवन प्रजा र वर्ष २० को जेन्सन प्रजालाई चेकजाँच गर्दा कालो झोला भित्र लुकाई छिपाई राखेको प्लाष्टिकले बेरिएको अवस्थामा २२.०५४ के.जी. लागूऔषध गाँजा बरामद गरिएको हो । बरामद लागूऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुपदार्थ सेवन चेकिङको क्रममा ३ सवारी चालक सहित मोबाइल नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला ट्राफिक प्रह.ा री कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटे मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लगायत गरि १० जनाको संख्यामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका- १५ रातोमाटे चेकपोईन्ट स्थितमा भएको चेकिङमा ५१ वटा सवारी साधनको लागुपदार्थ सेवन चेकजाँच गरेकोमा २ वटा सवारी चालकको लागुपदार्थ सेवन पोजेटिभ (Positive) भएकोले २ वटै सवारी साधन लाई प्रहरी चौकी रातोमाटे मकवानपुरको नियन्त्रणमा राखिएको,  ना.१ ज.१९२२ नं. को सुमो चालकको  साथमा ५ थान एप्पल कम्पनी (Iphone-13 सिरिजका कभर हटाई ल्याईएका) फोनको  बिल बिजक नभएकोले उक्त ५ वटा फोन सहित सवारी चालक समेत र ला.प.से.पोजेटिभ (positive) देखिएका २ जना चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई, आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालिका-१९ बस्तिपुर स्थित शुसान तामाङ भन्ने ल्वाङ डिमडुङको घरमा लागुऔषध ब्राउन सुगर सेवन गरी रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिगई बुझ्दा निज बर्ष अन्दाजी २४ को शुसान तामाङ भन्ने ल्वाङ डिमडुङलाई निजको घरमा लागुऔषध सेवन गरी बसि रहेको अवस्थामा फेला पारि निजको शरिर खान तलासि गर्दा निजको साथबाट प्लाष्टिकले बेरेको पोका-११ र  सेतो प्लाष्टिकमा प्याकेट १ (एक) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तौल हुन बाकी अन्दाजी ५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।  

लागुऔषध सहित २ जना मानिसहरु नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला काभ्रेपलाञ्चोक, प्रहरी चौकी पाँचखालबाट खटिएको गस्ति प्रहरी टोलीले जिल्ला काभ्रे पाँचखाल नगरपालिका-४ स्थित तामाघाटमा बसिरहेको अवस्थामा जिल्ला काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने बर्ष ३२ को सरोज रम्तेल र ऐ.०७ बस्ने बर्ष २४ को सुदिप मिजार दुवै जना माथी संका लागी सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल ५ पत्ता (४७ ट्यावलेट), स्पास २ पत्ता (१७ ट्यावलेट), डिवोमिन २ पत्ता (१७ ट्यावलेट) र खुल्ला रातो १ ट्यावलेट लागुऔषध   फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।