प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्सी दुर्घटनाबाट मानिस मृत्यु

२०८०-१२-१७

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-५, पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाण्डौंबाट गोरखा जान आईरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ७०/८० मिटर तल त्रिशुली नदीमा खसी दुर्घटना हुदाँ ट्याक्सी चालक जिल्ला, गोर्खा गोर्खा नगरपालिका-७ बस्ने अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल, उक्त ट्याक्सीमा सवार जिल्ला गोर्खा, गोर्खा नगरपालिका-७, बस्ने अन्दाजी ४१ वर्षीया हरिमाया रोकाय, सोही ठेगाना बस्ने अन्दाजी ७० वर्षीया जुनकिरी रोकाय,२८ वर्षीया अन्जना रोकाय र अन्दाजी वर्ष ९ को बालक आगमन नगरकोटीको घटनास्थलमै मृत्यु भएको छ । सोही ट्याक्सीमा सवार जिल्ला गोरखा, गोरखा नगरपालिका-७ बस्ने वर्ष १८ को दिवश रोकाय बेपत्ता भएकोमा हाल सम्म फेला नपरेकोले निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।