प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत लाश फेला

२०७८-०८-२१

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-१ तलाखु स्थित मध्यपहाडी लोक मार्गमा एक मानिस मृत अवस्थामा शव फेला परेको छ ।

मृत्यु हुने सोहि जिल्ला पन्चकन्या गाउँपालिका-३ राहुटार बस्ने भिमसेन थापाको छोरा २० वर्षीय सुमन थापा रहेका छन् । निज त्रिशुलीबाट शिवपुरी तलाखु चल्ने बा. २ ख. ६६८७ नं.को बसको सह-चालक को रुपमा काम गर्दै आएका थिए । निजको शव शिवपुरी गाउँपालिका-१ तलाखु स्थित मध्यपहाडी लोक मार्गमा सडक छेउमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । मृतकको नाक र कानबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले अनुसन्धानको शिलशिलामा शंकास्पद निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको छ ।

निम्न

१.      जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. १ बस्ने बर्ष ४२ को कृष्ण श्रेष्ठ ।

२.      जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं. ७ बस्ने वर्ष ३३ को श्यामहरी पण्डित ।

३.      ऐ.ऐ.बस्ने वर्ष २९ को कुमार पण्डित । (बस चालक)

४.      ऐ.ऐ.बस्ने वर्ष ३४ को राजेश कडेल ।

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-१०-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे  चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगन्जबाट हेटौंडा बजारतर्फ आउदै गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार भइ आएका जिल्ला बाग्लुङ हलङ्चोक नगरपालिका-३ बस्ने वर्ष अन्दाजी १९ को बिवेक घर्तिमगरको साथबाट १ ग्राम ६८० मिलि ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको छ । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।