लागुऔषध नाइट्राभेट सहित मानिस नियन्त्रणमा
२०८०-१२-०८
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९,
भिमान चोरखोला स्थित बि.पी. राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमा सिन्धुलीबाट
प्रहारी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ
जाँदै गरेको चालक जिल्ला सिन्धुली दुघौली नगरपालिका-१०, भर्ले बस्ने वर्ष ३९ को
चन्द्र बहादुर तामाङले चलाएको बा ४ ख ६६९४ नं. को हाईसलाई चेकजाँच गर्ने क्रममा
उक्त गाडिको १ नम्बर सिटमा सवार जिल्ला धनुषा शहिदनगर नगरपालिका-३, बस्ने वर्ष
अन्दाजी २० को सन्तोष कुमार यादबले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राभेट
१० (NITRAVER-10) लेखिएको ४० पत्ता रहेको प्रत्येक
पत्तामा ३० को दरले जम्मा १२०० (बाह्र सय) पिस बरामद गरिएको । निज सन्तोष कुमार
यादबलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।