प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-११-३०

  • A
  • A-
  • A+
Share

मकवानपुर थाहा नगरपालिका-१०, स्थित तल्लो बिसिङ्गखेलमा बस्ने ज्ञानीमाया गमालको घरको ढोका बन्द रहेको कारण स्थानियले बोलाउँदा घरको ढोका नखुलेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरबाट टोली खटि गई स्थानियको रोहोवरमा ढोका खोली हेर्दा मोतीमान गमालको श्रीमती वर्ष अन्दाजी ५० की ज्ञानीमाया गमाल खाटमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको प्र.१.-०१-००१ ख ३६७३ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा निलो झोला भित्र रहेको ५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । उक्त बसमा सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका-७, घर भई हाल बिराटनगर महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी १८ को आश नारायण चौधरीले ल्याएको भनी खुल्न आएको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।