प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१५ किलोग्राम लागुऔषध चरेस सहित एक जना पक्राउ

२०८०-११-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैँसे स्थित चेक प्वाईन्टमा प्रहरी चौकी भैँसेबाट खटिएको चेकिङ टोलीले धादिङ तर्फबाट बिरगंज तर्फ आउँदै गरेको बा.प्र.-०२-०२०प ८८३३ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३१ वर्षीय प्रसान्त तामाङले पछाडी भिरेको कालो झोलाबाट अन्दाजी १५ किलोग्राम लागुऔषध चरेस फेला परेकोले उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।