प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-३, सोलाभञ्ज्याङ तुफान डाँडा स्थित सिन्धुली चपौली जाने भित्री सडक खण्डमा सिन्धुलीबाट चपौली तर्फ जाँदै गरेको प्र.२-०३-००१ त ४११३ नम्बरको सिमेन्ट र रड लोड भएको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसि दुर्घटना हुदाँ ट्याक्टर चालक जिल्ला सिन्धुली, तिनपाटन गाउँपालिका-१ बस्ने अन्दाजी २५ वर्षीय गोपाल तोलाङगी सामान्य घाईते र सोही ट्याक्टरमा सवार जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका-५ बस्ने ३० वर्षीय दिनेश काफ्ले गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली तर्फ पठाएकोमा निज दिनेश काफ्ले उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।