बिषादी सेवनबाट एकको मृत्यु
२०८०-११-२२
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, भोर्ले बस्ने अन्दाजी २८ वर्षीया सुनिता वाईबाले घरायसी वादविवादको कारण पाराक्वाईट नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर पुरानो मेडिकल कलेज चितवन रिफर गरी लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।