प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार प्रहरी चौकी जोगिमाराको पृथ्वीलोकमार्गमा खटिएको चेकिङ टोलीले काठमाण्डौंबाट पोखरा तर्फ जादै गरेको बा २ ख १४१० नम्बरको हाईस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका-४, आरुखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोले पहेलो रंगको बोरामा Noophin – 25 एम्पुल, Cerejack- 75 एम्पुल, Abbott -75 एम्पुल, Bupremorphine- 50, एम्पुल गरी जम्मा एम्पुल - 225 एम्पुल र निजको साथमा रहेको सामसुङ कम्पनिको मोबाईल सेट-२ थान फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।