प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको भवनहरूको समुद्‍घाटन

२०८०-११-१६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको कार्यालय भवनहरूको समुद्‍घाटन भएको छ । आज आयोजित २ चरणको समुद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा पहिलो चरण अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडा र दोस्रो चरणमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाको कार्यालय भवनहरूको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो  । उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठज्यू, आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौडाका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, नेपाली सेनाको महासेनानीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी संगठन बागमती प्रदेशका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

साथै प्रमुख अतिथिज्यूबाट भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।


सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।