प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको भवनहरूको समुद्‍घाटन

२०८०-११-१६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको कार्यालय भवनहरूको समुद्‍घाटन भएको छ । आज आयोजित २ चरणको समुद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा पहिलो चरण अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडा र दोस्रो चरणमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाको कार्यालय भवनहरूको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो  । उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठज्यू, आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौडाका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, नेपाली सेनाको महासेनानीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी संगठन बागमती प्रदेशका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

साथै प्रमुख अतिथिज्यूबाट भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।