प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८०-११-११

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-१०, कठार स्थित भित्रि सडक खण्डमा ना ४५ प ७७९८ नं.को मोटरसाइकल दुर्घटना भई पल्टिरहेको अवस्थामा रहेको भनि ईलाका प्रहरी कार्यालय खैरहनीमा खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई बुझ्दा मोटरसाइकल चालक जिल्ला चितवन खैरहनी नगरपालिका-१०, बस्ने वर्ष ३४ को दिलिप चौधरी घटना स्थलमा मृत अवस्थामा रहेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।