प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-१६

  • A
  • A-
  • A+
Share

सिन्धुपालचोक, लिसंखुपाखर गाउँपालिका-७ ककलिङ स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-७ ककलिङ बस्ने अन्दाजी ७२ वर्षीय कर्मध्वज लामा रहेका छन् । निज आफ्नो घर देखी अन्दाजी १ कि.मि. उत्तर तर्फ पर्ने आईतबारे जंगलमा गुरासँको हाँगामा गलबन्दीको पासो घाँटीमा लगाई मृत अवस्थामा फेला परेका थिए । मिति २०७८।०८।१५ गते निजको श्रीमतीको हात भाँचिएकोले उपचारको लागी काठमाडौ लगिएको थियो । घर देखि निज श्रीमतीलाई भेटन जान्छु भनि काठमाडौं हिडेका निजको कुनै अतोपतो नलागी निजको छोरा र आफन्तले निजको खोजतलाश गर्दै जाँदा निज झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

यस घट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।