प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-११-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, सुनाचुरी स्थित ‍प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षकको कमाणडमा खटिएको टोलीले मनहरीबाट लोथर तर्फ पैदल हिडिरहेका जिल्ला तनहु भिमाद नगरपालिका-७ पल्ट्याङ बस्ने वर्ष अन्दजी १६ को आशिष परियार र सोहि राङरुङ बस्ने वर्ष अन्दाजी २४ को बिशाल परियार लाई शंका लागि चेकजाँच गर्ने क्रममा निज बिशाल परियारको साथ बाट लागुऔषध क्युनोफिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल गरि जम्मा २४ वटा एम्पुल फेलापारि निजहरु दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।