प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुरघट्नामा परी मृत्यु

२०७८-०८-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-११ विशालचोक स्थित ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

स्कुटर चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका-७ बस्ने २० वर्षीय सन्जु ढकाल रहेकी छिन् । उक्त स्कुटरमा सवार सोहि बस्ने २२ वर्षीय मन्जु ढकाल सामान्य चोटपटक मात्र लागेको । ना४ख २१५७ नं.को ट्याङकर आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ आउँदै गर्दा बिरेन्द्र क्याम्पसबाट मालपोतचोक तर्फ आउँदै गरेको बा.प्र.०३-००२प ९६३८ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुरघट्नामा परी घाईते भएका निजहरुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेकोमा स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०

जिल्ला चितवन भरतपुर महानगरपालिका-११ मनकामाना टोल स्थित रहेको खाजा घरमा लागूऔषध कारोबार भई रहेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट भोजाडबाट टोली खटि गई उक्त स्थानबाट ट्रामाडोल-२४१० पिस, एनारगन-२५०० पिस लागूऔषध, नगद रु.४९,७९०।- र प्रदेश ३-०३-००१प ६५५४, बागमती प्रदेश ०२-०२९ प ७४९५, बा-प्र-०३-००५ प ५३९ नम्बरको मोटरसाईकल ३ थान सहित जिल्ला चितवन भरतपुर म.न.पा-२५ बस्ने वर्ष ३० को निरज क्षेत्री, चितवन भरतपुर म.न.पा-११ बस्ने  वर्ष ३४ को बिजय कुमाल, चितवन भरतपुर म.न.पा-२५ बस्ने वर्ष २५ को अजित बि.क., चितवन भरतपुर म.न.पा-११ बस्ने वर्ष ३९ को बसन्त लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०

मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ स्थित इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरको चेकप्वाईन्टमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिगएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा गोर्खा, चितवन सौराह, हेटौंडा हुँदै काठमाडौंतर्फ जान आउँदै गरेको बा.प्र. ०१ ०३५ च ४५६१ नम्बरको जिप गाडी रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीपट्टी डिक्कीमा रहेको लगेज ब्यागहरु चेकजाँच गर्दा लगेज भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ६ किलो ४० ग्राम अबैध लागूऔषध चरेश जस्तो पदार्थ फेला पारी नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-३ सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका-०८ तिनदोबाटो बस्ने अन्दाजी वर्ष ३३ को हेविन श्रेष्ठ (गाडी चालक), जिल्ला चितवन भरतपुर महानगरपालिका-११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर महानगरपालिका-०२ क्षेत्रपुर बस्ने अन्दाजी वर्ष २१ की दिव्याश्री काफ्ले रहेको छ ।  

लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ
२०८३-०७-३०

लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडा सहितको संयुक्त टोलीले मकवानपुर हेटौंडा उ.म.न.पा.-११ स्मारक रोड स्थितमा भित्रि बाटोमा पैदल हिंडिरहेको हेटौंडा उ.म.न.पा.-०९ बस्ने वर्ष अन्दाजी ३३ को किरण तिवारीलाई चेकजाँच गर्दा निजको साथबाट लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ स-सानो ४ पुरिया फेला पारी तौल गर्दा नेट तौल २८० मिलिग्राम र नगद नेपाली रुपैयाँ रु.१०,०००।–(दश हजार) समेत फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८३-०७-२८

मिति २०८३।०७।२८ गतेको अन्दाजी १२:१५ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल नं.१४ गण हे.क्वा. मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय ईन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलिले जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.-१ चौकी टोल स्थित हेटौडा-भैसे सडक खण्डमा हेटौंडाबाट भैसे तर्फ जादै गरेको बा.प्र.०३-००१ ह ११८१ नम्बरको अटो लाई चेकजाँच गर्ने क्रममा अटो भाग्न खोज्दा ब्युरोबाट खटिएको टोलीले १ राउण्ड हवाई फायर गरी, 7.65 मि.मि. क्यालिवर भएको सेमी अटोमेटिक पेस्तोल नाल-१, ऐ.म्याग्जिन थान-१ र म्याग्जिनमा लोड भएको अवस्थामा पिन्दीमा चोट भएको (7.65 मि.मि) राउण्ड-१ सहित जिल्ला मकवानपुर मनहरी गा.पा.-६ नयाँ बस्ती बस्ने वर्ष अन्दाजी२७ को सुन बहादुर तामाङ्ग र वर्ष अन्दाजी २२ को विश्वराज तामाङ्ग (अटो चालक) गरी दुई जनालाई नियन्त्रणमा लिईएको छ ।