प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-६ मसानटार स्थित खुर्कोट मन्थली सडक खण्डमा प्रदेश २-०३-००६ ख ४७६२ नं.को ट्रक दुरघट्ना भई ट्रक चालक को मृत्यु भएको छ ।

ट्रक चालक भरतपुर महानगरपालिका-८ बस्ने २८ वर्षीय सुर्य कुमार भाट रहेका छन् । उक्त ट्रकको सहचालक सोहि महानगरपालिका-५ बस्ने २४ वर्षीय किसन थापा सकुशल रहेका छन् । ट्रक नारायणगडबाट मन्थली तर्फ आउँदै गरेको बेला मन्थली नगरपालिका-६ मसानटार स्थित आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खस्न गई दुरघट्ना भएको थियो । दुरघट्ना हुँदा चालकको टाउकोमा गहिरो चोट, बाँया खुट्टा भाँचिएको बेहोस अवस्थामा फेला परेका थिए भने सहचालक सकुशल अवस्थामा पाईएको थियो । घाइते चालकलाई उपचारको लागी खुर्कोट सुभजिवन अस्पताल पठाइएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।