प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

मकवनापुर, हेटौडा उपमहानगरपालिका-१४ कालापानी बोक्सिडाडा स्थित प्रहरीले बिशेष सुचनाको आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने सोहि बस्ने २६ वर्षीय रबिन तामाङ रहेका छन् । निजलाई जि.प्र.का.मकवानपुरबाट खटिएको बिशेष टोली र अस्थायी प्रहरी पोष्ट मयुरधापबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो । निजको खानतलासी गर्ने क्रममा निजले लगाएको ज्याकेटबाट लागुऔषध नाईट्रोभेट ४९ ट्याबलेट, ट्रामा ३६० क्याप्सुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याबलेट र नगद रु.४६,२५०।- (छयालिस हजार दुई सय पचास) फेला परेको थियो ।

प्रहरीले लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।