प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-१०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-६, राटोमाटा बस्ने अन्दाजी ५० वर्षीय अर्जुन प्रसाद आचार्य घर देखि अन्दाजी १ किलोमिटर दक्षिण नागदह स्थित फोहोर फाल्ने ठाँउमा कोल्टे परि लडि रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।