प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

डुबी मृत्यु

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-७ स्थित रहेको खोल्सामा डुबी मानिसको मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-७ घर भई हाल राप्ती नगरपालिका-७ बस्दै आएका ४० वर्षीय विशाल चेपाङ रहेका छन् । निज सोहि खोल्साको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । उक्त लाश स्थानियले देखि प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरीको घट्नास्थल प्राम्भिक अनुसन्धानले निजको मृत्यु सोहि पानीमा डुबेर भएको भन्ने कुरा पत्तालागेको हो ।

घट्नास्थल मुचुल्का सहित प्रहरीले घट्ना बारे थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।