प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-१०-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंज तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८४  नम्बरको यात्रुबाहक माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रो बसमा सवार देश भारत पश्चिम चम्पारन भाङगा थाना जिल्ला बेतिया घर भई हाल जिल्ला पर्सा, रङपुरटाडी स्थित मिठाई पसल संचालन गर्दै आएको अन्दाजी ४० वर्षीय जगु साह र संगै सवार देश भारत जिल्ला मझपपुर मिनापुर थाना मस्ताफा ग्राम बस्ने अन्दाजी ४० वर्षीया शाहिल देवीले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध अफिम जस्तो देखिने पदार्थ अन्दाजी १ किलोग्राम फेला पारी लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खोलाले बगाई १ जना मानिसको मृत्यु
२०८३-०६-१३

जिल्ला सिन्धुली दुधौली नगरपालिका-१० कर्था बस्ने भदिया सदाको छोरा बर्ष अन्दाजी ४०/४५ को मोहना सदा गाई बस्तु चराउन गोठालो गएकोमा कमलाखोला तर्ने क्रममा अचानक कमलाखोलाले  बगाई अन्दाजी २ कि.मि. पश्चिम तर्फ ऐ.ऐ. वडा नं ९  टाडी पुलको किनारामा अचेत अवस्थामा रहेको भन्ने स्थानितले टेलिफोन मार्फत प्रहरी चौकी दुधौली सिन्धुलीमा जानकारी गराउना साथ उक्त स्थानमा  प्रहरीको टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा उद्दार गरी तत्काल उपचारको लागी दुधौली नगर अस्पताल सिर्थोलीमा ल्याई चेकजाँच गर्दा चिकित्शकले मृत घोषणा गरेको, थप अनुसन्धान तथा मुचुल्काको लागी इलाका प्रहरी कार्यालय डकाहाबाट मुचुल्का सहितको टोली खटि गएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ सुकुम्बासी टोल स्थित एका बहादुर आलेको घरमा लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट समेत प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा जिल्ला मकवानपुर राक्सीराङ घर भई हाल सोही घरमा बस्दै आएको वर्ष अन्दाजी २४ को शरण कार्की र भीमफेदी गाउपालिका-५ बस्ने वर्ष अन्दाजी २७ को मिलन स्याङबो शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खोजतलास गर्दा निजहरु बसेको कोठामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध १ ग्राम १९० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।