प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थितमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ जाँदै गरेको  बा. प्र. ०३-००१ ख १९६४ नम्बरको यात्रु बाहक बसलाई रोकी बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-६, गेदेबिसौना बस्ने अन्दाजी ३२ वर्षीय रबि भण्डारी, सोही ठेगाना बस्ने अन्दाजी वर्ष १९ को प्रेम अधिकारी र सोही ठेगाना बस्ने अन्दाजी वर्ष १८ को प्रमोद अधिकारीलाई शंका लागी बसबाट झारी चेकजाँच गर्ने क्रममा निजहरुको साथमा रहेको ३ वटा झोलाबाट अन्दाजी १४ किलोग्राम लागुऔषध गाँजा फेला पारी लागु औषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।