प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०९-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको मोटरसाईकल गस्ति टोलीले टिकट काउन्टर नजिक उभिहेको जिल्ला सर्लाही मलङगवा नगरपालिका-१०, बस्ने वर्ष अन्दाजी १९ को ईन्ताज आलमले बोकेको झोला शंका लागि चेकजाँच गर्ने क्रममा झोला भित्र अन्दाजी ५ किलो लागुऔषध गाँजा फेला परेको थियो । निजलाई लगुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
२२० किलोग्राम लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-०६-२६

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी राखेको BR 01 GB 8653 नं.को भारतीय TATA मिनि ट्रकमा लागुऔषध लुकाई छिपाई राखि चितवन तर्फ लैजाँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जोगिमाराबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोलि खटि गई उक्त नम्बरको ट्रकलाई नियन्त्रणमा लिई प्रहरी चौकी जोगिमारा धादिङमा ल्याई चेकजाँच तथा सोधपुछ गर्दा उक्त ट्रकको क्याबिन पछाडि ढालामा फलस बटन बनाई भित्र प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० पोकामा अन्दाजी २२० किलोग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने वर्ष २८ को दिनानाथ यादब र सोहि कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष ५३ को कमल राउत कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।