प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याकटर दुर्घटनामा परि एकको मृत्यु

२०८०-०९-२८

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-४, सिउरेनी स्थित भित्री सडकमा सिउरेनीको जंगलबाट काठको मुडा लोड गरि सोहि स्थित रहेको राम प्लाई उड फ्याकट्रीमा जाँदै गरेको लु.३ त. ६८८२ नं. को ट्याकटर अचानक सडकमा पल्टि दुर्घट्ना हुँदा चालक सोहि मोक्पा बस्ने मान नुर्बु शेर्पाको छोरा अन्दाजी वर्ष २४ को दावा शेर्पा घाईते भई उपचारको लागी काठमाडौं तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।