प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पानीमा डुबि मृत्यु

२०७८-०८-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-१ जन्गीपहरा स्थित रहेको कुलेखानी तालमा डुबि मानिसको मृत्यु भएको छ ।

मृत्यु हुने कैलाश गाउँपालिका-५ गोगने बस्ने ४८ वर्षीय बुद्धि लाल स्यान्ताङ रहेका छन् । निज ईन्द्रसरोबर गाउँपालिका-१ बस्ने  चन्द्र बहादुर बलामीको जग्गा कमाई गरि बसेकोमा मिति २०७८।०८।०६ गते देखि घरमा कोही कसैलाई जानकारी नदिई घरबाट हिडी वेपत्ता भएका थिए । निजको आफन्तहरुले निजको खोजतलाश गर्दै जाँदा कुलेखानी तालको छेउमा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले निजको बारेमा बुझ्दा मृतकको मानसिक सन्तुलन अलि ठिक नभएको भन्ने कुरा बुझिएको हो ।

यस सम्बन्धमा प्रहरीले अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।