प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०९-०६

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१, दुबिचौर स्थित ईलाका प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको ब्यक्तिहरूलाई शंका लागी झोला चेकजाँच गर्दा र्‍यापिङ गरेका लागुऔषध गाँजा २७ किलो ५०० ग्राम र गाजाँको धुलो १३ किलो २०० ग्राम फेला पारी निज व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला चितवन, राप्ती नगरपालिका-१ बस्ने २० वर्षीय सुरेन्द्र चेपाङ, सोही ठेगाना बस्ने वर्ष १८ को जेठा चेपाङ, सोही ठेगाना बस्ने ५० वर्षीय कृष्ण बहादुर घलान, जिल्ला पर्सा बस्ने ५५ वर्षीय बमु चौधरी, सोही ठेगाना बस्ने २३ वर्षीय सरोज राउत र जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-९ बस्ने २० वर्षीय रोशन थिङ रहेका छन् । निजहरूलाई ईलाका प्रहरी कार्यालय, चितवनमा ल्याई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।