प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोक र चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-३, नेपाल डाँडा बस्ने अन्दाजी ३७ वर्षीय किशोर कुमार तिमलसिना घर देखि अन्दाजी १०० मिटर उत्तर तर्फ पाखो बारीमा दुधिलोको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

चितवन, माडी नगरपालिका-९, बगही बस्ने ५६ वर्षीय मन प्रसाद दुराल आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा निजकै श्रीमतीले देखी तत्काल पासो काटी उपचारको लागि बघौडा अस्पताल माडीमा ल्याउने क्रममा निजको बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।