प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश भित्र प्रहरी सेवा सम्वन्धी उजुरी/गुनासो तथा सुझावको लागी QR Code को सुरूवात

२०८०-०८-२६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सु-सम्बन्ध एवं सुशासन कायम राख्ने प्रयोजनको लागि QR Code प्रयोग सम्वन्धी कार्यविधि निर्माण गरी बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट स्विकृत भई लागू भएको छ ।
    सेवाग्राहीहरूको हितलाई मध्यनजर गर्दै प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पीरमर्का वा सुझाव भएमा सेवाग्राहीले आफ्नो भनाई राख्न तथा सम्पर्क गर्ने प्रयोजन अनुरुप क्युआर कोड (QR Code) को अवधारणा विकास गरिएको हो । बागमती प्रदेश प्रहरी मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र सम्पूर्ण स्थानीय निकायहरूको ९८ पालिकाको कार्यालयहरूमा समेत प्रहरीको काम कारवाही र पृष्ठपोषण रहने गरी QR Code प्रयोग सम्वन्धी मापदण्ड तयार गरी उजुरी/ गुनासोको कार्यान्वयन सम्बन्धमा भएका प्रगतिको बारेमा उजुरीकर्तालाई जानकारी गराउने समेत व्यवस्था मिलाईएको छ । QR Code Scan गरि प्राप्त निर्देशन बमोजिम प्रहरी सेवा सम्वन्धमा आफ्ना कुनै गुनासो तथा सुझावहरू राख्न सकिने छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।