प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सावारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०८-१४

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-११, डालाबेशि स्थित बि. पि. राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा प्र०२-०२४ प ४०९२ नम्बरको मोटसाईकल आफै अनियन्त्रित भई पल्टिदा सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नम्बरको बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले मोटरसाईकलमा ठक्कर खान जाँदा मोटरसाईकल चालक जिल्ला काठमाण्डौं, काठमाडौं महानगरपालिका-११  बस्ने अन्दाजी ६१ वर्षीय ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट अवस्था मध्यम र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती वर्ष अन्दाजी ६१ की बिन्दा गिरी बाँया हातमा चोट रगत बगिरहेको अवस्था गम्भिर रहेकोमा दुबै घाईतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा मोटरसाईकलमा सवार निजकै श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।