प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०८-०२

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-१, सिस्नेरी स्थितमा भिरकोटबाट तामाकोशी तर्फ आउँदै गरेको बा ०१००३ प ९३५९ नम्बरको निलो ट्रक र बिपरित दिशाबाट जाँदै गरेको बा २९ प ११६२ को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-१, भिरकोट बस्ने अन्दाजी २२ वर्षीय शुसिल माझीको घट्ना स्थलमै मृत्यु भएको छ र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी २२ वर्षीय माइकल माझी गम्भीर घाईते भई उपचारको लागी चरिकोट अस्पताल लगिएको छ । ट्रक चालक जिल्ला रामेछाप, मन्थली नगरपालिका-१३ बस्ने अन्दाजी २७ वर्षीय श्याम थापा र दुबै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।