प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०८-०२

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१३, बांझोवन बस्ने अन्दाजी २१ वर्षीय विवेक श्रेष्ठ घरबाट अन्दाजी ५ किलो मिटर पूर्व बासुकी सामुदायिक वनमा चिलाउनेको रूखको हांगामा नाईलनको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान  कार्य भईरहेको छ ।

चितवन, माडी नगरपालिका-९, कान्छी बगही स्थित बस्ने ७२ वर्षीय दिल बहादुर बोटे घर देखि अन्दाजी ५० मिटर अगाडी आफ्नै खेत बारीमा खन्योको रूखमा पोलिस्टर तन्नाको पासो लगाई  झुण्डिएको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-४, भिण्डेश्वर बस्ने अन्दाजी २०/२१ वर्षको सन्चलाल प्रजा आफ्नै घर नजिक काफलको रूखमा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत्यू भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, थाक्रे गाउँपालिका-१०, खर्केचौर बस्ने ४० वर्षीय राजु दर्जी आफ्नै घरको फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।