प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि २ को मृत्यु

२०८०-०७-१४

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-२, सिलाभन्ज्याङ स्थित कुशादेवी बाट नयाँ गाउँ तर्फ जाँदै गरेको बा.४ ख.६७२३ नम्बरको पराल लोड निसान गाडीको ब्रेक फेल भई सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा निसानमा सवार ३ जना घाईते भई उपचारको लागी सिर मेमोरीयल अस्पताल पठाएकोमा जिल्ला काभ्रे पनौती नगरपालिका-२, कुशादेवी बस्ने वर्ष ४० को रबिन आचार्य र सोहि बस्ने वर्ष ५० को शिव बिक्रम केसी आचार्यको उपचारको क्रममा मृत्यु भएको र बेथानचोक गाउँपालिका-२, बस्ने वर्ष ४५ की सारदा तिमल्सिनाको टाउको घाँटीमा चोट अवस्था गम्भिर रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।