प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी ढाँडे, सिन्धुपाल्चोकको भवन समुद्‍घाटन

२०८०-०७-१२

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ढाँडे, सिन्धुपाल्चोकको कार्यालय भवन समुद्‍घाटन भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा नव-निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु माननीय श्री सरल सहयात्री पौडेलज्यू, माननीय श्री अमृत नेपालज्यू, माननीय श्री कुमारी तामाङज्यू, आन्तरिक मामिला तथा कानून सचिव श्री ध्रुव गैडाज्यू, जुगल गाउँपालिका अध्यक्ष श्री रेशम स्याम्वोज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यू, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ उपरीक्षक श्री किसन सिंह थापाज्यू, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक श्री बाल नरसिंह राणाज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूबाट नेपाल प्रहरीलाई शान्ति सुरक्षा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथामका लागि निरन्तर सहयोग गर्न तयार रहेको र आगामी दिनहरुमा पनि बिभिन्न प्राविधिक क्षेत्रमा समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भई भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसा- पत्र समेत प्रदान गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।