लागुऔषध सहत मानिस नियन्त्रणमा
२०८०-०७-०९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१५,
रामपुर स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चितवनबाट खटीएको प्रहरी निरीक्षक
र प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्ड खटिएको टोलीले भरतपुर महानगरपालिका-१९,
बस्ने कृष्ण वि.क.को छोरा वर्ष ३४ को चन्द्र बहादुर वि.क सोहि बस्ने बुद्धिमान
गुरुङको छोरा वर्ष ३४ को चन्द्र बहादुर गुरुङको साथबाट डाईजेपाम १२५ एम्पुल, फेनार्गन
११९ एम्पुल र नुर्फीन १२६ एम्पुल गरी जम्मा ३७० एम्पुल लागुऔषध फेला परेका थिए । निजहरूलाई
लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।