प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित दुई जना पक्राउ

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, बिक्रम चोक स्थित भित्री सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बारा पथलैया तर्फ जाँदै गरेको बा प्र ०३-००५ प ६८१६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे बस्ने अन्दाजी ३८ वर्षीय धनराज घलान र सोही मोटरसाईकल पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी ३१ वर्षीय बिबेक भोम्जनले पछाडि भिरेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी मोटरसाईकल, लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रण सम्बन्धमा
२०८३-०३-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट स्थित सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक EV गाडीमा सवार भई आएका मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बालाई शङ्काको आधारमा कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएपछि उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।