प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक:- ट्याक्टरले किची मृत्यु

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

मङ्सिर ६, ईन्द्रावती गाउँपालिका-५ कोईरालाटार स्थित भित्री कच्ची सडक खण्डमा कोईरालाटार बाट धान लोड गरी धुसेनी तर्फ जाँदै गरेको लु २ त ८३०४ नं.को ट्याक्टरमा नै सवार रहेको जस्तो देखिने सोहि गा.पा.५ नयाँबस्ती  बस्ने पुर्ण बहादुर माझीको छोरा वर्ष ३५ को श्याम बहादुर माझीलाई ट्याक्टरको बाया साईडको पछाडीको टायरले किचि घटनास्थलमा नै मृत्यु भएको, ट्याकटर चालक फरार रहेको, फरार चालकको खोजँतलाश कार्य जारी रहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।