प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट चालकको मृत्यु

२०८०-०६-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-१, कुन्छाल स्थित त्रिभुवनराजपथ सडक खण्डमा बिरगजं तर्फबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर गाडी मोडमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसी दुर्घटना हुदाँ कन्टेनर चालक जिल्ला नुवाकोट, बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दिप श्रेष्ठको मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा ।
२०८३-०८-०९

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-०६ प्रभातकालिनटोल स्थितमा रहेको बिनय अधिकारीको घरमा लागुऔषध सेवन गरी रहेको थाहा पाइ कोठा खानतलासी गर्दा कोठाको भुइ, दराजबाट लागुऔषध गाँजा २६ ग्राम (तौल भएको)  र ट्रामाडोल ३ वटा ट्याब्लेट फेला परको हुँदा सो समयमा उक्त कोठामा रहेको ४ जना मध्य १ जना पुरुष मानिस भागेको र निम्न ३ जनालाइ नियन्त्रणमा लिई खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको ।निम्न:जिल्ला मकवानपुर हेटौडा उपमहानगरपलिका-०६ बस्ने बर्ष अन्दाजी- २८ को बिनय अधिकारी (घरबाला) को साथबाट ३ पुरिया लागुऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ फेला परेको, शुद्ध तौल १४० मिलिग्राम भएको  । ऐ.ऐ. १७ बस्ने बर्ष अन्दाजी २५ को मदन चौलागाईऐ.ऐ. बस्ने बर्ष अन्दाजी २५ को दिनेश कार्कीऐ.ऐ. बस्ने  किशोर तिमिल्सिना ( हाल फरार रहेको)