प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि २ बालकको मृत्यु

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, मझुवा स्थित पृथ्वीलोकमार्गमा  काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६४१३ नम्बरको ट्रकले  बागेश्वरी मा.वि. रिचोक्टार धादिङको कक्षा ८ मा पढ्ने जिल्ला धादिङ सिद्वलेख गाउँपालिका-६, परेवाटार बस्ने राजकुमार श्रेष्ठको छोरा वर्ष अन्दाजी १४/१५ को निर्मल श्रेष्ठ र सोहि बस्ने उद्वब श्रेष्ठ को छोरा वर्ष अन्दाजी १४/१५ को संजिव श्रेष्ठलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा दुबै जनाको घटना स्थलमै मृत्यु भएको । ट्रक चालक जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-२, रौतहट बस्ने वर्ष अन्दाजी ४१ को असोक बंम्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
ब्राउन सुगर सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०६-१४

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थितमा प्रहरी टोलीले सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ जाँदै गरेको चालक जिल्ला सप्तरी सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने बर्ष ४३ को राजु बिष्टले चलाई ल्याएको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई रोकी चेकजांच गर्दा उक्त हायसमा सवार जिल्ला सप्तरी साविक लालपट्टी-२ हाल जिल्ला सप्तरी छिन्नमस्त गाउँपालिका-४ बस्ने बर्ष ३२ को कृष्ण कुमार यादब र सोही स्थान बस्ने बर्ष २१ को देबेन्द्र यादबको साथबाट कालो प्लास्टिकमा पोकापारी लुकाई-छिपाई ल्याउँदै गरेको अवस्थामा लागु-औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ  ५ ग्राम ०३ मिलिग्राम फेला पारी निजहरुलाई नियन्त्रनमा लिई थप अनुसन्धान भईरहेको ।

खोलाले बगाई १ जना मानिसको मृत्यु
२०८३-०६-१३

जिल्ला सिन्धुली दुधौली नगरपालिका-१० कर्था बस्ने भदिया सदाको छोरा बर्ष अन्दाजी ४०/४५ को मोहना सदा गाई बस्तु चराउन गोठालो गएकोमा कमलाखोला तर्ने क्रममा अचानक कमलाखोलाले  बगाई अन्दाजी २ कि.मि. पश्चिम तर्फ ऐ.ऐ. वडा नं ९  टाडी पुलको किनारामा अचेत अवस्थामा रहेको भन्ने स्थानितले टेलिफोन मार्फत प्रहरी चौकी दुधौली सिन्धुलीमा जानकारी गराउना साथ उक्त स्थानमा  प्रहरीको टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा उद्दार गरी तत्काल उपचारको लागी दुधौली नगर अस्पताल सिर्थोलीमा ल्याई चेकजाँच गर्दा चिकित्शकले मृत घोषणा गरेको, थप अनुसन्धान तथा मुचुल्काको लागी इलाका प्रहरी कार्यालय डकाहाबाट मुचुल्का सहितको टोली खटि गएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।