प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट:- काठ सहित गाडी नियन्त्रणमा

२०७८-०८-०५

  • A
  • A-
  • A+
Share

मङ्सिर ५, लिखु गाउँपालिका-६ भरथोक स्थित भित्री सडक खण्डमा ककनीबाट छहरे तर्फ आउँदै गरेको बा ४ ख २४८६ नं.को आईचरमा सालको काठ अन्दाजी ७० वटा काठको फेन्टा लुकाईछुपाई ल्याएको अवस्थामा अस्थाई प्रहरीचौकी छहरे बाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा फेला पारेको, उक्त आईचर र काठ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय नुवाकोटमा भईरहेको ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।