प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी जवान आधारभुत तालिम ६-२०३ औ समूहको दीक्षान्त समारोह सम्पन्न‍

२०८०-०६-०७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको आज बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । मिति २०७९।०७।२० गते देखि सञ्चालित २३४ कार्यदिन अवधिको प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको दिक्षान्त समारोहमा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यू, दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीज्यू, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलज्यू, दुधौली नगरपालिकाका नगर उपप्रमुख चन्द्र किशोर थारूज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्र.ब.उ. कृष्ण हरि शर्माज्यू, श्री नम्वर १ गण तथा पर्यावरण सुरक्षा गण सिन्धुली रानिवासका प्रमुख सेनानी बिमल के.सी.ज्यू, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, संचारकर्मीज्यू, दीक्षित हुने प्रहरी कर्मचारीका अभिभावकज्यू लगायतको उपस्थिति रहेको थियो । 

    दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले प्रहरी जवान आधारभूत तालिमका २८० जना प्रशिक्षार्थीहरु मध्ये ८ वटा विधामा उत्कृष्ट प्रहरी जवानहरु लाई पुरस्कार वितरण गर्नु भई दीक्षित प्रहरी जवानका आफन्तजनमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो । दीक्षित प्रहरी जवानहरुलाई  कार्यक्षेत्रमा अनुशासित, मर्यादित र प्रहरी आचरणको पुर्ण पालना गर्दै संगठन प्रति बफादार र आम नागरिकको सहयोगीका रुपमा मन, बचन र कर्मले उच्च मनोबलका साथ कार्य गर्न शुभकामना सहितको निर्देशन समेत दिनु भएको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।