प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक:- लास फेला

२०७८-०८-०३

  • A
  • A-
  • A+
Share

मङ्सिर ३, ईन्द्रावती गाउँपालिका-२ कोट डाडा बस्ने अन्दाजी वर्ष ४१ को घ्याम्जु लामा मिति २०७८।०७।२७ गते देखि हराई बेपत्ता भएपछि निजका आफन्तहरुले सोहि दिन ई.प्र.का.नवलपुरमा हुलिया सहितको निबेदन दिएकोमा प्रहरी तथा आफन्तहरुले निजको खोजतलाश गर्दै जाँदा निजको लास पाचपोखरी गाउँपालिका-७ हतारमाली स्थित लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०

जिल्ला चितवन भरतपुर महानगरपालिका-११ मनकामाना टोल स्थित रहेको खाजा घरमा लागूऔषध कारोबार भई रहेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट भोजाडबाट टोली खटि गई उक्त स्थानबाट ट्रामाडोल-२४१० पिस, एनारगन-२५०० पिस लागूऔषध, नगद रु.४९,७९०।- र प्रदेश ३-०३-००१प ६५५४, बागमती प्रदेश ०२-०२९ प ७४९५, बा-प्र-०३-००५ प ५३९ नम्बरको मोटरसाईकल ३ थान सहित जिल्ला चितवन भरतपुर म.न.पा-२५ बस्ने वर्ष ३० को निरज क्षेत्री, चितवन भरतपुर म.न.पा-११ बस्ने  वर्ष ३४ को बिजय कुमाल, चितवन भरतपुर म.न.पा-२५ बस्ने वर्ष २५ को अजित बि.क., चितवन भरतपुर म.न.पा-११ बस्ने वर्ष ३९ को बसन्त लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ
२०८३-०७-३०

लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडा सहितको संयुक्त टोलीले मकवानपुर हेटौंडा उ.म.न.पा.-११ स्मारक रोड स्थितमा भित्रि बाटोमा पैदल हिंडिरहेको हेटौंडा उ.म.न.पा.-०९ बस्ने वर्ष अन्दाजी ३३ को किरण तिवारीलाई चेकजाँच गर्दा निजको साथबाट लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ स-सानो ४ पुरिया फेला पारी तौल गर्दा नेट तौल २८० मिलिग्राम र नगद नेपाली रुपैयाँ रु.१०,०००।–(दश हजार) समेत फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।