प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा

२०८०-०५-१६

  • A
  • A-
  • A+
Share

रसुवा गोसाईकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलमा ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोली, सशस्‍त्र प्रहरी ,रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले चीनबाट नेपाल तर्फ आउँदै गरेको  जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-३ बस्ने वर्ष ४१ की पाछेमु तामाङ (गुरुङ)लाई चेकजाँच गर्ने क्रममा निजको देब्रे खुट्टाको जुत्ता भित्र लुकाई छिपाई ल्याएको ४ टुक्रा पारेको ल्याएको लाकोरूवेशी रसुवाबाट नियमितअन्दाजी १ के.जि. सुन जस्तो  देखिने पहेलो धातु फेला पारी निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।