बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०५-१७
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-५, छतिवन बस्ने अन्दाजी ८० वर्षीय हस्त बहादुर बि.क. ले मेटासिट नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा थप उपचारको लागी सोही दिन नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर भई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।