प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी ठुलोदमार, मकवनापुरको भवन समुद्‍घाटन

२०८०-०५-०६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ठुलोदमार मकवानपुरको भौतिक संरचना समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्य मन्त्री माननिय श्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन गरिएको हो । उक्त समुद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रीमान् मन्त्रीज्यूले प्रदेश प्रहरीको भौतिक पुर्वाधारहरुको विकास लगायत प्रहरीको क्षमताहरुको अभिवृद्दिको लागि प्रदेश मन्त्रालयहरुबाट निरन्तर सहयोग भैरहने कुरा बताउनु भयो । यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश सरकारबाट भएको सहयोगलाई हार्दिक कृतज्ञता जाहेर गर्नु भई आगामी दिनहरुमा समेत यस्तै किसिमको सहयोग र साथको निरन्तर अपेक्षा राख्नु भएको थियो । श्रीमान प्रदेश सरकारका माननीय मुख्य मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठज्यू, बागमती प्रदेश सांसद माननीय श्री प्रेम बहादुर पुलामीज्यू, प्रमुख सचिव श्रीमान घनश्याम उपाध्यायज्यू, नगरप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।