प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रतिबन्धित औषधी सहित मानिस पक्राउ

२०८०-०५-०४

  • A
  • A-
  • A+
Share

चितवन राप्ती नगरपालिका-१ लोथर स्थित अस्थाई प्रहरी पोष्ट लोथर चितवनबाट खटिएको चेकिङ टोलिले चेक पोष्टमा बिरगञ्जबाट चितवन तर्फ आउदै गरको ग ५ प ६६८ नम्बरको मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको विभिन्न भागहरुमा तथा झोलामा समेत गरी (१२) वटा प्लाष्टिकको पोकामा लुकाई छिपाई ल्याएको प्रतिबन्धित औषधी नुरफिन २२५एम्पुल, फेनार्गन २२५एम्पुल, डाईजेपाम २२५एम्पुल गरी जम्मा ६७५ एम्पुल फेला परेको थियो । मोटरसाईकल चालक जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका-२ बस्ने वर्ष २५ को अजय थारू र पछाडि सवार वर्ष २९ को अम्रेश राय थारू रहेको छ । उक्त औषधी सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
चोरी मोटरसाइकल र १ थान भरुवा बन्दुक सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०७-१३

धादिङ गजुरी गाउँपालिका वडा नम्बर-०८ मजुवा बस्ने बर्ष अन्दाजी- १८ को बुद्धि, बमकाजी भन्ने सागर तामाङ र सोही स्थान  सिउरेनी बस्ने बर्ष अन्दाजी- २२ को शिशिर तामाङ मोटरसाइकल चोरीमा संलग्न रहेको भनि गोप्य सूचनाको आधारमा प्रहरी टोली निजहरूको घर ठेगानामा खटि गई खोजतलास गर्ने क्रममा फेला पारी २ जनालाई नियन्त्रणमा लिई निज बुद्धि, बमकाजी भन्ने सागर तामाङको साथबाट सवारी दर्ता किताव नभएको बा.प्र.०२-०६७ प ७८१३ नम्बर DKCTM36769, चे.न. MD2A13EX8TCM85008 नं. को कालो निलो कलरको २२०cc को पल्सर चोरीको मोटरसाइकल र १ थान भरुवा बन्दुक फेला पारी बरामद गरि थप आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा ।
२०८३-०७-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोट स्थित महेन्द्र राजमार्गमा प्रहरी चेकिङ टोलीले हेटौंडाबाट बारा तर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीको बोनट, चालक सिट तल खुट्टा राख्ने स्थान र चालकको साइडको सिट तल खुट्टा राख्ने स्थानमा फल्सबटम बनाई लुकाई छिपाइ राखेको अवस्थामा लागुऔषध गाँजा १९ पोका शुद्ध तौल ४२ के.जी. ४१० ग्राम प्याक गरीएको प्लास्टिक सहित फेला पारी गाडी चालक देश भारत जिल्ला बैसाली महुवा टोल बस्ने बर्ष अन्दाजी-२५ को बिर्जु कुमार राय र सोहि गाडीमा सवार सोही स्थान बस्ने बर्ष अन्दाजी-२६ को मन्जय कुमार राय लाई नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोट स्थित महेन्द्र राजमार्गमा प्रहरी चेकिङ टोलीले हेटौंडाबाट बारा तर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीको बोनट, चालक सिट तल खुट्टा राख्ने स्थान र चालकको साइडको सिट तल खुट्टा राख्ने स्थानमा फल्सबटम बनाई लुकाई छिपाइ राखेको अवस्थामा लागुऔषध गाँजा १९ पोका शुद्ध तौल ४२ के.जी. ४१० ग्राम प्याक गरीएको प्लास्टिक सहित फेला पारी गाडी चालक देश भारत जिल्ला बैसाली महुवा टोल बस्ने बर्ष अन्दाजी-२५ को बिर्जु कुमार राय र सोहि गाडीमा सवार सोही स्थान बस्ने बर्ष अन्दाजी-२६ को मन्जय कुमार राय लाई नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१०

चितवन, भरतपुर महानगरपालिका- ३ बेलचोक स्थितमा जिल्ला गोरखा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका- ३ बेल्चोक स्थितमा डेरा कोठा गरी बस्ने वर्ष १८ को रोशन भन्ने अन्जन गुरुङको डेरा कोठामा लागुऔषध विक्रि वितरण तथा सेवन गरेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निज अन्जन गुरुङले बोक्ने कालो रङको साइड ब्यागमा प्लास्टिक भित्र पोको पारी राखेको अवस्थामा लागुऔषध डाइजेपाम २२ एम्पुल, नुरफिन २२ एम्पुल, प्रोमिथाजिन २२ एम्पुल, नगद रु,१२७५।– (बार सय पचहत्तर) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्यभईरहेको छ ।

कारको फल्स बटममा लुकाएर ल्याएको १४.१८० किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
२०८३-०७-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।२०८३ साल कात्तिक ८ गते करिब १५:१५ बजेको समयमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।बरामद धातुसहित कारमा सवार चार जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। बरामद धातुको प्रकृति तथा घटनासम्बन्धी अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा भारतको रक्सोल बस्ने करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, चालकको १७ वर्षीय छोरा र चालककी भान्जी अं. २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।