प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०५-०४

  • A
  • A-
  • A+
Share

नुवाकोट ककनी गाउँपालिका-१, ठुलोखोला स्थित निमार्ण हुदै गरेको कोलस्टोर भवनमा लेबर काम गर्दै सोही भवनमा बस्दै आएका जिल्ला पाँचथर पौवा गाउँपालिका-५ बस्ने सन्तोष राई र निजको श्रीमती वर्ष अन्दाजी ४६ की मन कुमारी सारु मगर, श्रीमान श्रीमती सुतिरहेको अवस्थामा श्रीमानले बोलाउदाँ नबोले पछि उठेर हेर्दा मृत अवस्थामा देखी प्रहरी चौकी ओखरपौवामा खबर गरेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।