प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- मोबाईल पसल चोरी

२०७८-०८-०१

  • A
  • A-
  • A+
Share

मङ्सिर १, दुधौली नगरपालिका-४ डकाहा बजार स्थित कपडि जेण्डर स्टोर्स नाम गरेको मोबाईल पसल चोरी भएको छ । उक्त पसल सञ्चालक जिल्ला धनुषा सबैला नगरपालिका-१ बस्ने अन्दाजी वर्ष ३४ को दिनेश कपडि रहेको, निज विगत केहि वर्ष देखि डकाहा बजारमा घर भाडा लिई उक्त मोबाईल पसल संचालन गर्दै आईरहेको । चोरले पसलको उत्तर तर्फको काठको ढोकामा लगाएको ताल्चा लगाउने कब्जा काटी उक्त पसल भित्र प्रवेश गरी पसल भित्र काठको र्‍याकमा रहेको निम्न अनुसारको मोबाईल तथा सो को उपकरण लगाएत घडिहरु समेत गरी अन्दाजी रु ५,०७,०००।- (पाँच लाख सात हजार) मुल्य बराबरको सामान चोरी गरेको, चोरी गर्ने व्यक्तिको खोजतलाश कार्य तथा अनुसन्धान कार्य जारी रहेको ।

निम्नः-

१. जियोनि कम्पनिको मोबाईल थान ८ अं. मुल्य प्रतिगोटा २०,०००।-। गरी जम्मा १,६०,०००।– ( एक लाख साठि हजार )

२. ओक्टेल कम्पनिको मोबाईल थान ६ ,प्रतिगोटा १८,०००।– गरी जम्मा १,०८,०००।-( एक लाख आठ हजार )

३. ईन्टेक्स मोबाईल थान ४ प्रतिगोटा १२,०००।- गरी जम्मा ४८,०००।– ( अट्चालिस हाजर )

४. राईट कम्पनिको मोबाईल थान ५ प्रतिगोटा १२,०००।– गरी जम्मा ६०,०००।– ( साठि हजार )

५. प्राईम कम्पनिको मोबाईल थान ५, प्रतिगोटा १२,०००।– गरी  जम्मा ६०,०००।– ( साठि हजार )

६. बटम कम्पनिको मोबाईल थान १५, प्रतिगोटा २,०००।– गरी  जम्मा ३०,०००।– ( तिस हजार )

७. ईएरफोन १०, प्रतिगोटा ५००।– गरी  जम्मा ५,०००।– ( पाँच हजार )

८. हेडफोन थान ५ , प्रतिगोटा १५००।– गरी जम्मा ७,५००।– ( सात हजार पाँच सय )

९. ब्लुतुथ थान ५ , प्रतिगोटा ७००।–  गरी जम्मा ३,५००।– ( तिन हजार पाँच सय )

१०. घडि थान २५ , प्रतिगोटा १,०००।– गरी जम्मा २५,०००। ( पच्चिस हजार ) गरि जम्मा अं. मु. रु ५,०७,०००।– ( पाँच लाख सात हजार ) बराबरको चोरी भएको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।