प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध सामान नियन्त्रणमा

२०८०-०५-०३

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पूर्व-पश्विम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०३-००१ ख२४७३ नम्बरको यात्रु वाहक बसहरुलाई रोकी चेक जाँच गर्ने क्रममा यात्रु बस्ने सिटबाट काजु अन्दाजी ६२ के.जि., रजनी गन्ध-१५ वटा सानो डब्बा, तुलसी सुर्ती-३ झोला (अन्दाजी ३/४ के.जी.) यस्तै बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख२४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर-२ काटुन, फ्रेस क्रिम-१काटुन, अमुल घिउ-२ काटुन र बिरगंजबाट काठमाडौं तर्फ आउदै गरेको ना७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस-१ काटुन भित्र सानो काटुन-२२ वटा, जुता-२५ थान गरी जम्मा अन्दाजी मुल्य रु.५,२७,००० बराबरको अवैध सामान फेला पारी नियन्त्रणमा लिईएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।