सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०५-०२
- A
- A-
- A+
रसुवा गोसाईकुण्ड गाउँपालिका-५,
स्याफ्रूवेशी स्थितमा प्रहरी चौकी स्याफ्रूवेशी, रसुवाबाट नियमित चेकप्वईन्टमा खटिएको
चेकिङ टोलीले टिमुरेबाट स्याफ्रूवेशी तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिका-५, पोखरी बस्ने वर्ष २४ को सुदिप शेर्पालाई रोकी चेकजाँच
गर्ने क्रममा निजले लगाएको कालो रंगको चेष्टगार्डको भित्री खल्तीमा अन्दाजी २ KG सुनको जस्तो देखिने पहेलो धातु METALOR
1 Kilo Gold 999.9 ISO 24018 लेखिएको बिस्कुट आकारको थान –२(अन्दाजी
मुल्य रु. १,८९,३०,०००।- बराबरको) लुकाई छिपाई ल्याएको अल्याएको लाकोरूवेशी रसुवाबाट नियमितवस्थामा फेला परेको हुँदा
निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी
कार्यालय रसुवामा ल्याई राखिएको थियो ।
अनुसन्धानको क्रममा उल्लेखित सुदिप
शेर्पालाई सोधपुछ गर्दा निजको भिनाजु नाता पर्ने जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१
घर भएका बर्ष ३०को फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएकोले निज
फुस्याङबु शेर्पालाई जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई
थप अनुसन्धान कार्य भई रहेको छ ।