प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

दोलखा कालिञ्चोक  गाउँपालिका-३, बुलासे बस्ने वर्ष २० को नविन खत्रीले आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने  विशेष सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सिंगटी, दोलखाबाट खटी गएको टोली पुगी खोजतलास गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ थान भरूवा बन्दुक प्राप्त गरी निजलाई बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।

सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।