प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरी चौकी बसपार्कबाट खटिएको चेकिङ टोलिले नारायणगढबाट बिरगंज तर्फ आउदै गरेको ना. ६ ख ९३६१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला पर्सा बौद्धमाई नगरपालिका-२ बस्ने वर्ष अन्दाजी २३ को चन्दन कुमार  साहले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला परेको थियो ।  निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।