प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रक्तदान कार्यक्रम सम्पन्न

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी श्रीमती संघको “३९ औं वार्षिक उत्सव २०८०’’ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा र बागमती प्रदेश प्रहरी श्रीमती संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुखज्यू, बागमती प्रदेश प्रहरी श्रीमती संघकी सदस्य श्रीमती चन्द्रमुखी कुमारी जयसवालज्यू लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत ४७ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभई रक्तदान गर्ने प्रहरी कर्मचारीहरूलाई बागमती प्रदेश प्रहरी प्रमुख ज्यूबाट रक्तदान सम्मान पत्र समेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार
खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ मेन रोड रानी दरबार नजिकै लागुऔषध खैरो हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई हेटौंडा उप-महानगरपालिका-६ चौघडा घर भई हाल  हेटौंडा उप-महानगरपालिका -४ मेन रोड नजिकै ससुरा नाता पर्ने राजेन्द्र कुमार मानन्धरको घरमा बस्दै आएको वर्ष अन्दाजी-३४ को निर्णय राई बस्ने कोठा तथा निजको शरिर रितपूर्वक खानतलासी गर्दा निज निर्णय राईको खल्तीबाट १ वटा पुरिया लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५० मिलिग्राम रहेको र निज सुत्ने कोठाको पलङको सिरानीको भागमा डिजिटल तराजु फेला पारी बरामद गरी बरामद सामान सहित निजलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।

बाघको आक्रमणले १ जनाको मूत्यु
२०८३-०७-१७

जिल्ला चितवन भरतपुर महानगरपालिका-२७ राधा कृष्ण सामुदायिक वनको बेथरी खोलाको छेउमा निउरो टिप्न गएको ४ जना मानिसहरु मध्ये  ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ४६ को भिम महतोलाई जंगली जनावर बाघले आक्रमण गरि लगेको भनी निज भिम महतोसँग गएको साथीहरूले ऐ. १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय दिब्यनगर चितवनमा जानकारी गराउना साथ उक्त स्थानमा प्रहरीको टोलि खटी गई चितवन राष्ट्रिय निकुञ्जको नेपाल आर्मी, कर्मचारी र स्थानियहरुको टोलिले खोजतलास गर्दै जाने क्रममा निज भिम महतो हराएको स्थान देखि अन्दाजी १ कि.मि. पुर्व चितवन राष्ट्रिय निकुञ्जमा टाउँकोको मासुको भाग, दाहिने खुट्टा र बायाँ हात खाएको अवस्थामा शव फेला परेको, बाघलाई डार्क गरी नियन्त्रणमा लिई, घटनास्थल प्रारम्भिक मुचुल्का कार्यकोलागि प्रहरीको टोलि खटि गई मुचुल्का कार्य भई रहेको ।